प्रमुख समाचार
पचालझरनाकाे एक तस्बीर ।
कालीकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने पचालझरना गाउपालिका वडा नं. ३ स्थित खाद्रु गाँउमा पर्ने ऐतिहासिक पर्यटकिय स्थल पचाल झर्ना ४ सय १५ मिटर रहेको प्रमाणीत भएको छ । जिल्लाकै ऐतिहासीक रमणिय पर्यटकिय स्थल भएपनि गुमनामा रहेको पचाल झर्ना पर्यटन बोर्डको सहयोग, जिल्ला समन्वय समिति कालिकोटको समन्वय तथा जिल्लाको रास्कोट नगरपालिका निवासी युवा बिद्यार्थी यसोधा बराल र जिल्ला विकास समितिको प्राबिधि टोलीले पचालझरनाको नापनक्सा गरी ४ सय १५ मिटर रहेको प्रमाणीत गरेको हो ।[३] पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ । पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यसक्रममा पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको पाइएको हो । पचालझरनाको वास्तबिक उचाई ३८१ मिटर रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए । जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो । २ वटा जिपिएसको सहायताबाट २०७४ साउन ५ र ६ गते दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३८१ मिटर पाइयो ।’ यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो । वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरूमा परेको छ । स्थानीय तहको चुनाव अघिका प्रतिबद्धता अनुसार यहाँका जनप्रतिनिधिहरूले पचालझरनाको विकासको लागि कार्यक्रम बनाएर बजेट विनियोजन गरेका छन् । झरनाको प्रचारका लागि आयोजना गरिएको पदयात्रासहित कार्यक्रममा नाप लिइएको अध्यक्ष सेजुवालले जानकारी दिए । गाउँपालिकाको नाम सोही झरनाबाट राखिएकाले पनि झरनाको बारेमा सत्यतथ्य प्राप्तिका लागि २०७४ साउन ५ गतेदेखि ८ गतेसम्म पदयात्रा कार्यक्रमसहित नाप लिइएको उनको भनाइ छ