FAQs Complain Problems

पचालझरना गाउँपालिकाको परिचय

नेपाली खस भाषाको उदगमस्थल कर्णाली को सिजा वेल्ड सित जोडीयको पलाता र विगतको पलाता वेल्ड हालको कालिकोट जिल्लाको पलाता र पचालझरना गाउँपालिका रहेका छन । यहा आफ्नै मौलीक सांस्कृतिक पहिचान जैविक विबिधता , प्राकृतीक सुन्दरता र स्रोत साधनले भरीपुर्ण छ । पचाल झरना गाउँपालिका सावीकको राम्नाकोट , नानीकोट र आधा भन्दा बढी बदालकोटको सिकु मिलायर बनेको छ र जिल्लाकै पहिचान र गौरव ३८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण भएको गाउँपालिका पर्यटकीय एवं धार्मीक सांस्कृतीक रुपले एक केन्द्रकै रुपमा परिचीत छ । १६६.९२ वर्ग किलोमिटर भु–भागमा फैलीयको यो गाउँपालिका पुर्वमा पलाता गाउँपालिका , पश्चिममा रास्कोट नगरपालिका उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिकाले घेरीएयको छ । समुन्द्री सतहदेखी ९७० मिटर उचाइमा रहेको हाम्रो गाउँपालिकासगँ कालीकोटकै अग्ला हिमाल पुग र चुली पनी यसै मा जोडीयका छन । भारतको रुपडीयावाट हुम्लाको हिल्सा जोड्ने कर्णाली करीडोरले यस गाउँपालिकाको एकसाइड छिचोलेर गएको छ । यसले केही सभ्भावनाका ढोका समेत खोली दिएको छ गाउँपालिकाको विच भागमा च्यातेर देशकै अग्लो लामो कर्णाली नदी आफ्नै गतीमा गतिमा छ । खासगरी – झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फाट , प्राचीन स्थल मठ मन्दीर प्ररातात्वीक महत्वका धार्मीक तथा पर्यटकीय स्थल , लेकभरी हिमाली जडीबुडी बन्यजन्तु यहाका मुख्य पहिचान रहेकाछन ।